प्रधानमन्त्रीको उपस्थिती माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध



काठमाडौँ,जेठ ७ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्ना आसनबाट उठेर सभामुखसँग बोल्ने समय माग गरेका छन् । त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले पार्टी अध्यक्ष राईलाई बोल्न समय दिनुभएको थियो ।

अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रीहरू नियमित रूपमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले प्रधानमन्त्री वालेन्द्र शाह ले गृह तथा रक्षामन्त्रालयको समेत कार्यभार सम्हालिरहेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासी व्यवस्थापनलगायत विषयमा सदनमा स्पष्ट धारणा राख्नुपर्ने बताउनुभयो ।

सभामुख अर्यालले राईले उठाउनुभएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । यसअघि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारको जवाफदेहिताको माग गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्