छोरालाई विद्यालय छोडेर फर्किंदै गर्दा आमाको लडेर मृत्यु



मकवानपुर,जेठ ७– मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५ मा सडकबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार स्थानीय २३ वर्षीया सुशीला घिसिङको बुधबार भित्री सडक खण्डबाट तल खसेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घिसिङले आफ्नो बच्चालाई नजिकै रहेको मनकामना बाल विकास केन्द्रमा पुर्‍याएर घर फर्किने क्रममा सडकबाट लडेर तल खसेकी थिइन् । घटनाबारे वडा अध्यक्षमार्फत जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलको मुचुल्का तयार गरेपछि शव परीक्षणका लागि टिचिङ अस्पताल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्