नुवाकोटको शिवपुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न वडामा अधिवेशन सम्पन्न



नुवाकोट, जेठ ७ — राष्ट्रिय स्वतन्त्र पार्टी ले बिहीबार नुवाकोटको शिवपुरी गाउँपालिका अन्तर्गत वडा नम्बर १, २, ३, ४ र ६ को वडा अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनबाट वडा नम्बर १ मा बिमल तामाङको सभापतित्वमा २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने वडा नम्बर २ मा बाबुराम गुरुङ सभापति रहेको १० सदस्यीय समिति गठन गरिएको जनाइएको छ।

त्यसैगरी वडा नम्बर ३ मा राजिव ओझा, वडा नम्बर ४ मा केदारसिंह खड्का तथा वडा नम्बर ६ मा प्रवीण पाठक सभापतिमा चयन भएका छन्।

पार्टीका स्थानीय नेताहरूले अधिवेशन भव्य तथा सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, उपस्थित भई कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

साथै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्