आज काठमाडौंको विभिन्न ठाउँमा ५ घण्टा विद्युत् आपूर्ति बन्द



काठमाडौं,जेठ ८ । काठमाडौँ महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध विहार, शंखमुल पुल एरिया, रोजबड स्कूल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

नेपाल विद्युत् प्राधिकरण ले आज सूचना जारी गर्दै बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने जनाएको छ ।

प्राधिकरणका अनुसार शंखमुल फिडर क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेकाले आपूर्ति बन्द गर्नुपर्ने भएको हो । निर्धारित समयमा काम सम्पन्न भएमा सेवा तत्काल पुनः सञ्चालन गरिने र मौसम प्रतिकूल भएमा कार्य तालिका प्रभावित हुन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्