आज सामान्य घट्यो सुन, चाँदी ह्वात्तै बढ्यो
काठमाडौं,जेठ ८ । आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भएको छ ।

