जेठ १४ गते सार्वजनिक बिदा



काठमाडौं,जेठ ८। सरकारले बकर ईद पर्वको अवसरमा यही १४ जेठका लागि सार्वजनिक बिदा हुने जनाएको छ ।

१८ फागुन २०८२ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार १४ जेठमा बकर ईद पर्व परेको व्यहोरा उल्लेख गरिएको छ । सोही आधारमा उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

१४ गते बिदा भएसँगै १५ गते गण्णतन्त्र दिवसका अवसरमा बिदा रहेको छ भने १६ गते शनिबार र ७ गते आइतबार समेत सार्वजनिक बिदा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्