शिवपुरी–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयन, सभापतिमा सरोज पाण्डे
नुवाकोट, जेठ ८ — राष्ट्रिय स्वतन्त्र पार्टी शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरोज पाण्डेको नेतृत्वमा १० सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
स्थानीय तहसम्म संगठन विस्तारलाई तीव्र बनाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँस्तरमा नयाँ नेतृत्व चयन गर्दै राजनीतिक गतिविधि बढाएको हो । शिवपुरी–७ मा सम्पन्न अधिवेशनबाट सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको जानकारी वडा सचिव अच्यूत कुमार ठकुरीले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा स्वस्तिका पुडासैनी र सचिवमा अच्यूत कुमार ठकुरी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा कुमारी तामाङ, हरिभक्त सुनार, विनोद गोतामे, मालती राई, दिनेश गुरुङ, जस्टिन पाण्डे र तुलसा बराइली चयन भएका छन् ।
अधिवेशनमा सहभागीहरूले वडा तहदेखि संगठनलाई सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ नेतृत्व चयनसँगै शिवपुरी–७ मा पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।
उता शिवपुरी ५ मा समेत शुक्रबार नै ज्ञानु आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । अन्य पदाधिकारीहरुमा दिपककुमार खड्का, कृष्णप्रसाद पोखरेल, प्रकाश तामाङ, देवराज तामाङ, जुना नेपाली, विवेक तामाङ, भवानी पोखरेल र भीमबहादुर केसी चयन भएका छन् ।

