रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज



कास्की,जेठ ८ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ ।

अदालतले लामिछानेसहित जिबी राई र छविलाल जोशी विरुद्ध सहकारी ठगीसँग सम्बन्धित मुद्दामा दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणतर्फको अभियोग दाबी कायम नरहने फैसला गरेको हो ।

न्यायाधीश हिमलाल बेल्बासे को एकल इजलासले सहकारी ठगीतर्फको अभियोग भने यथावत् रहने गरी मुद्दा संशोधन गरेको जनाएको छ ।अदालतको आदेशमा सहकारीका बचतकर्ताले दिएको जाहेरीमा सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी माग दाबी नरहेको उल्लेख गर्दै संशोधनपछि पनि सहकारी ठगीतर्फको अभियोग कायम रहने उल्लेख गरिएको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध सम्बन्धी मुद्दा कायम रहँदा मिलापत्र र बिगो रकम फिर्ता प्रक्रिया थप जटिल बन्न सक्ने भएकाले मुद्दा संशोधन गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्