बाढीले बगायो सडक र पुल, पाँचथरको याङवरकमा घर–खेतीसमेत प्रभावित



फिदिम,जेठ ९ । पाँचथरको उत्तरी क्षेत्र याङवरक गाउँपालिका–२ मा आएको बाढीले सडक, पुल तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीका कारण केही घरमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा भौतिक संरचनासँगै स्थानीयवासीको जनजीवन पनि प्रभावित बनेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरी टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ। प्रारम्भिक विवरण आए पनि पूर्ण क्षतिको विवरण केही समयपछि मात्रै सार्वजनिक हुने जनाइएको छ।

लगातारको वर्षापछि खोलानाला तथा खोल्सामा पानीको बहाव बढेसँगै उत्तरी भेगका बस्ती जोखिममा परेका छन्। स्थानीय तह र सुरक्षाकर्मीले सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्