अदालतमा बाह्य हस्तक्षेप रोक्न बारको आग्रह
काठमाडौं,जेठ ९ । नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रसहितको टोलीले हिजो प्रधानन्यायाधीश डा. शर्मासँग भेट गर्दै अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो ।
भेटका क्रममा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले न्यायालय सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको जनाएको छ ।
यस्तै, अदालतमा दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा बढीमा भोलिपल्टसम्म दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन पनि बारले आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्रमा दरपिठ भएका निवेदनमाथि सात दिनभित्र सुनुवाइको व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ ।

