नुवाकोट शिवपुरी गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, वडा नं. ५ महाकाली प्रथम
नुवाकोट,जेठ ९ । नुवाकोटको शिवपुरी गाउँपालिका मा आयोजित गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा वडा नं. ५ को महाकाली टिम प्रथम भएको छ भने वडा नं. ३ को लिखु टिम द्वितीय र वडा नं. ६ को समुद्रादेवी टिम तृतीय बनेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विभिन्न विधामा सम्मान गरिएको थियो । प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ वडा नं. ५ का सुशील थापा घोषित भए । त्यसैगरी उत्कृष्ट स्पाइकर वडा नं. ३ का विजय तामाङ, उत्कृष्ट सर्भर वडा नं. ६ का संविधान थापा, उत्कृष्ट ब्लकर वडा नं. ५ का विमल तामाङ तथा उत्कृष्ट लिबेरो वडा नं. ६ का दावा तामाङ घोषित भए ।
त्यस्तै वडा नं. ५ तथा शिवपुरी गाउँपालिका का प्रशिक्षक मनोज कार्की उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुद गतिविधिको विकाससँगै युवाहरूबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ ।

