नुवाकोट बेलकोटगढीमा सवारी दुर्घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु



नुवाकोट,जेठ ९ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जना वृद्धको मृत्यु भएको छ।

जिल्लाको बेलकोटगढी नगरपालिका–१ भन्ज्याङस्थित शेरा–चिम्टेश्वर भित्री सडकखण्डमा शनिबार अपराह्न करिब ३ः३० बजे नम्बर नखुलेको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्थानीय अन्दाजी ६५ वर्षीय कृष्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडी फरार रहेको भए पनि प्रहरीले खोजतलासका क्रममा बा ३ क २०३० नम्बरको आईचर गाडी र चालक बेलकोटगढीकै अन्दाजी ४३ वर्षीय भीम तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्