नुवाकोटमा हुने ९औँ रनिङ शिल्ड दोहोरी प्रतियोगिताको तयारी तीव्र



नुवाकोट,जेठ १० — नुवाकोटमा यही जेठ २९, ३० र ३१ गते आयोजना हुने ९औँ रनिङ शिल्ड दोहोरी प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति नुवाकोटले तयारीलाई तीव्र बनाएको छ ।

प्रतिष्ठानको जिल्ला कार्यसमितिको बैठक शनिबार बसेर प्रतियोगिताको तयारी, व्यवस्थापन तथा कार्यक्रम सफल बनाउने विषयमा विभिन्न निर्णय गरिएको जनाएको छ । बैठकले प्रतियोगितालाई व्यवस्थित, मर्यादित तथा सांस्कृतिक महत्त्व झल्कने गरी सञ्चालन गर्ने निष्कर्ष निकालेको छ ।

प्रतिष्ठानले नुवाकोट जिल्लाका विभिन्न सरकारी कार्यालय, नगरपालिका, संघ–संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरूबाट कला, संस्कृति र लोक दोहोरी संरक्षण अभियानमा साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

जिल्ला अध्यक्ष सन्तोषी केसी (कार्की)ले नेपाली लोक संस्कृति संरक्षण तथा नयाँ प्रतिभा प्रोत्साहनका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्