नुवाकोटकी रियाना डंगोल ‘किड्स डान्स च्याम्पियनसिप’को ग्राण्ड फिनालेमा



नुवाकोट,जेठ १० — नुवाकोटकी बालप्रतिभा रियाना डंगोल ‘किड्स डान्स च्याम्पियनसिप २०२६ सिजन–२’ को बागमती प्रदेशस्तरीय ग्राण्ड फिनालेमा पुग्न सफल भएकी छन् । कक्षा १ देखि ६ सम्मका विद्यार्थी सहभागी हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनाले जेठ १५ गते आयोजना हुने जनाइएको छ ।

प्रतियोगितामा सहभागी रियानालाई जिताउन दर्शक तथा शुभेच्छुकलाई ई–सेवा एपमार्फत भोट गर्न आग्रह गरिएको छ । आयोजकका अनुसार ई–सेवा एपमा गएर ‘Kids Dance Championship’ खोल्नुपर्ने, त्यसपछि प्रतियोगी नम्बर २३ छनोट गरी ‘Vote’ विकल्पमा गएर मतदान गर्न सकिनेछ ।

रियानाको उत्कृष्ट नृत्य प्रस्तुतिले नुवाकोटको प्रतिनिधित्व गर्दै बागमती प्रदेशस्तरमा स्थान बनाउन सफल भएको हो । स्थानीयवासी तथा शुभेच्छुकहरूले उनलाई सफलताको शुभकामना दिँदै बढीभन्दा बढी भोटमार्फत समर्थन गर्न आग्रह गरेका छन् । रियाना लिखु गाउँपालिका -६ स्थित ज्योतिकुन्ज एकेडेमीकी कक्षा ५ मा अध्ययनरत छात्रा हुन् ।

प्रतिक्रिया दिनुहोस्