नुवाकोट सुर्यगढीमा रास्वपाको प्रथम अधिवेशन सम्पन्न, सर्वसम्मत नयाँ नेतृत्वमा राजु गिरी



नुवाकोट,जेठ १० । नुवाकोटको सूर्यगढी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा विभिन्न तहका नेताहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी थिए । त्यसैगरी बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, केन्द्रीय सदस्य मधुसूदन ढकाल, महामन्त्री सुरेन्द्र भट्ट, जिल्ला सभापति रामेश्वर गजुरेललगायत केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका तहका नेताहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनबाट राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यगढी गाउँपालिका समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ । नव निर्वाचित सभापतिमा राजु गिरी रहेका छन् । त्यस्तै उपसभापतिमा तुलसा वाग्ले अधिकारी, सचिव रमेश लामा, सहसचिव सिताराम गिरी, कोषाध्यक्ष तथा सदस्यहरू भुवन मगर, नामराज गिरी, सावित्री न्यौपाने, सविन लामिछानेलगायत रहेका छन् ।

बैठकले अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, निर्वाचन समिति, प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्