विदुरका आधारभूत तहका शिक्षकलाई ५ दिने एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम



नुवाकोट, जेठ १० । विदुर नगरपालिका ले आधारभूत तह कक्षा १ देखि ३ सम्म अध्यापनरत शिक्षकहरुका लागि ५ दिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाईज्ड तालिम सुरु गरेको छ ।

तालिमको आयोजना विदुर नगरपालिकाले गरेको हो भने समन्वय तथा सहकार्य रुम टु रिड र ग्रामीण उद्यम तथा विकास केन्द्र नेपालले गरेका छन् ।

तालिमको उद्घाटन समारोह विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी को उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रारम्भिक तहको शिक्षण सिकाइलाई प्रभावकारी, व्यवहारिक र विद्यार्थीमैत्री बनाउन एकीकृत पाठ्यक्रमको कार्यान्वयनमा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताइएको थियो ।

तालिममा सहभागी शिक्षकहरुलाई कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम, सिकाइ सहजीकरण, बालमैत्री शिक्षण विधि तथा व्यवहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्