बच्छला मावि भद्रुटारमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा सुदिना तामाङ



नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बच्छला माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

विद्यालयको १९औँ अभिभावक भेलाबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ। नवगठित समितिको अध्यक्षमा सुदिना तामाङ चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा राजेन्द्र गिरी, श्रीकृष्ण सिटौला र निर्मला तामाङ चयन हुनुभएको छ भने सदस्य सचिवको जिम्मेवारी विद्यालयका प्रधानाध्यापक रामहरि गिरीलाई दिइएको छ। पदेन सदस्यमा वडा अध्यक्ष माधवप्रसाद सिटौला रहनुभएको विद्यालयले जनाएको छ।

शिक्षक प्रतिनिधिको चयन भने आउन बाँकी रहेको बताइएको छ।विद्यालय परिवारले नव निर्वाचित सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्