शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन
काठमाडौं,जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले शिक्षा क्षेत्रको सुधार, गुणस्तरीय शिक्षामा पहुँच विस्तार तथा प्रविधिमैत्री शिक्षण प्रणाली विकासका लागि उक्त बजेट छुट्याइएको जानकारी दिनुभयो ।
सरकारले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्दै आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

