विपक्षीको अवरोधबीच प्रतिनिधिसभा नियमावली पारित



काठमाडौँ, जेठ १८ । विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गर्नुभयो।

मस्यौदा समितिका संयोजक गणेश पराजुलीले नियमावलीसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले रोष्ट्रममा पुगेर अवरोध गरेका थिए। उनीहरूले निरन्तर वेल घेराउ गर्दै विरोध जनाए पनि सभामुख अर्यालले प्रक्रिया अघि बढाउँदै प्रतिवेदन बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो।

नियमावली पारित गर्ने प्रक्रियामा विपक्षी दलहरूले थप छलफल र आफ्ना संशोधनमाथि पर्याप्त बहस हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्