मन्त्री तिमिल्सिनाद्वारा एकीकृत हुलाक भवनको निरीक्षण



काठमाडौं,कात्तिक १७ । सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार एकीकृत हुलाक भवनको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले भवनभित्रका कार्यकक्ष, सुरक्षा व्यवस्था, पानी तथा अग्नि नियन्त्रण प्रणाली र आपतकालीन निकासलगायतका संरचनाको अवलोकन गर्नुभयो ।

उहाँले भवन निर्माण तथा व्यवस्थापनको हालसम्मको प्रगति, देखिएका समस्या र तिनको समाधानका उपायबारे सम्बन्धित अधिकारीहरूसँग विस्तृत छलफलसमेत गर्नुभयो ।

निरीक्षणका क्रममा हुलाक विभागका महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्