आइतबार साढे २० हजार रूपैयाँ बढेकाे सुनकाे भाउमा आज गिरावट, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ,जेठ १८ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। आइतबार एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्यमा आज प्रतितोला २०० रुपैयाँले घटेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य घट्दा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

