नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्रीबीच छलफल



काठमाडौँ, जेठ १८। परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र संयुक्त राज्य अमेरिकाबीच सात दशकभन्दा लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार र आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचारविमर्श गरेका थिए ।

मन्त्रालयका अनुसार नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा द्विपक्षीय सहकार्यका विभिन्न आयामलाई सशक्त बनाउने विषयमा सकारात्मक छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्