नुवाकोट जेसिजको अध्यक्षमा विनोद लामिछाने चयन



नुवाकोट, जेठ १८ । नुवाकोट जेसिजको वर्ष २०२६ का लागि विनोद लामिछाने अध्यक्षमा चयन भएका छन्। आइतबार विदुरमा सम्पन्न अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जीवन तामाङ र प्रलाद पौडेल चयन भएका छन्। त्यसैगरी महासचिवमा सनिस अधिकारी, कोषाध्यक्षमा किशोर अर्याल तथा कानुनी सल्लाहकारमा सुमन भण्डारी चयन भएका छन्।

उपाध्यक्षहरूमा अस्मिता खनाल, बिबिना लामिछाने, गोविन्दराज कट्टेल र सम्पूर्ण लामिछाने रहेका छन्। नवनिर्वाचित कार्यसमितिले वर्ष २०२६ भरि संस्थाको नेतृत्व गर्दै युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समुदाय केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले संस्थाको उद्देश्यअनुसार युवाहरूको क्षमता अभिवृद्धि र सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्