भारत पुगे रास्वपा सभापति रवि लामिछाने, भ्रमणलाई लिएर बढ्यो राजनीतिक चासो
काठमाडौं,जेठ १८ । रवि लामिछाने भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेलाई नयाँ दिल्लीस्थित विमानस्थलमा अरुण सिंह ले स्वागत गर्नुभएको थियो।
लामिछानेको भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम रहेको जनाइएको छ। भ्रमणका अवसरमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक सहकार्य तथा क्षेत्रीय चासोका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, नेपालमा पछिल्ला दिनहरूमा सीमा तथा कूटनीतिक विषयलाई लिएर राजनीतिक बहस तीव्र बन्दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको अवस्था रहेको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।
यस्तो परिस्थितिमा लामिछानेको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी कालापानी–लिपुलेक सीमा विवादलगायतका विषय पुनः बहसको केन्द्रमा रहेका बेला प्रमुख राजनीतिक दलका नेताको भारत भ्रमणले थप चासो र चर्चा उत्पन्न गरेको विश्लेषण गरिएको

