नेपाली काँग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान



काठमाडौँ, जेठ १९ — नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता आह्वान गर्ने निर्णय गरेको हो।

काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिका लागि पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिने व्यवस्था गरिएको जानकारी दिनुभयो।

पार्टीले सदस्यता प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन डिजिटल माध्यमबाट आवेदन संकलन गर्ने व्यवस्था मिलाएको जनाएको छ। यस निर्णयसँगै स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत क्रियाशील सदस्यताका लागि आवेदन दिन

प्रतिक्रिया दिनुहोस्