भारत भ्रमणमा रास्वपा सभापति रवि लामिछाने, भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता हुने
काठमाडौँ, जेठ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार भारतको नयाँदिल्ली पुग्नुभएको छ।
भारतीय सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुग्नुभएका लामिछानेलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले ले स्वागत गर्नुभएको थियो।
रास्वपाका अनुसार भ्रमणका क्रममा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछ। भेटवार्तामा दुवै दलबीच सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान हुने जनाइएको छ। प्रतिनिधिमण्डलले अयोध्या को भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।
रास्वपा प्रवक्ता मनीष झा का अनुसार जेठ १८ देखि २२ गतेसम्म हुने भ्रमणका क्रममा नयाँदिल्लीमा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट तय गरिएको छ। भाजपा र रास्वपाले यस भ्रमणलाई ‘पार्टी–टु–पार्टी संवाद’ को औपचारिक सुरुवातका रूपमा व्याख्या गर्दै विशेष महत्व दिएका छन्।
भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेद्वारा जारी विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलले भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीन सहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणको मुख्य उद्देश्य दुई दलबीचको सम्बन्ध विस्तार गर्नुका साथै राजनीतिक अभ्यास र लोकतान्त्रिक प्रक्रियाबारे अनुभव आदानप्रदान गर्नु रहेको जनाइएको छ।
प्रतिनिधिमण्डलमा रास्वपाका महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतस्थित नेपाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
नेपाल र भारतका राजनीतिक दलबीच सुरु हुन लागेको यो प्रत्यक्ष संवादले भविष्यमा द्विपक्षीय दलगत सम्बन्ध तथा क्षेत्रीय राजनीतिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावास ले भ्रमणका कार्यक्रमहरूको समन्वय गरिरहेको रास्वपाले जनाएको

