अमेरिका नेपालसँग प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न इच्छुक
काठमाडौँ, जेठ १९ । सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बि रोजर्स ले नेपालसँग प्रविधि, नवप्रवर्तन र आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका उत्सुक रहेको बताउनुभएको छ।
सोमबार पत्रकारसँगको अन्तर्क्रियामा उहाँले नेपालमा अमेरिकी कम्पनीहरूले काम गर्ने वातावरण, डिजिटल पहुँच विस्तार तथा आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो। उहाँले अमेरिकी अनुदान परियोजना एमसिसी को कार्यान्वयनप्रति सन्तुष्टि व्यक्त गर्दै नेपाल सरकारको तदारुकताको प्रशंसा गर्नुभयो।
उहाँले नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ८०औँ वर्षगाँठ नजिकिँदै गर्दा द्विपक्षीय सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।परराष्ट्रमन्त्री शिशिर खनाल सँगको भेटमा व्यापार, पर्यटन, संस्कृति प्रवर्द्धन तथा लगानी विस्तारका विषयमा पनि छलफल भएको जनाइएको छ।

