सुनचाँदीको मूल्यमा फेरि वृद्धि: सुन प्रतितोला ३ लाख ११ हजार रुपैयाँ नाघ्याे



काठमाडौं,जेठ १९। नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार उतारचढाव देखिने क्रम जारी छ। यसैबीच, साताको तेस्रो दिन आज जेठ १९ गते मंगलबार स्थानीय बजारमा सुन र चाँदी दुवैको भाउमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य तोलामा ४ सय रुपैयाँ र ५० रुपैयाँले बढेको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य हिजो सोमबारको तुलनामा ४ सय रुपैयाँ बढी हो।

हिजो सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस साताको सुरुवातमा अर्थात् आइतबार भने सुनको भाउमा ठूलो उछाल आएको थियो।

आइतबार एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो, जुन सोमबार सामान्य घटे पनि आज पुनः बढेको हो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ।

हिजो सोमबार चाँदी प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो। चालु साताको पहिलो दिन आइतबार चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३ सय ४५ रुपैयाँ पुगेको थियो।

आइतबार र सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ यो साताकै उच्च बिन्दुमा पुगेको महासंघको तथ्याङ्कले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्