कांग्रेस अनुशासन समितिको बैठक बिहीबार बस्ने



ललितपुर, जेठ २० । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्तिमार्फत बिहीबार बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बस्नेछ।

बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरीहरूको समीक्षा तथा भावी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्