नेपालमा नर्सिङ शिक्षाको ७० वर्ष पूरा



काठमाडौँ, जेठ २ । नेपालमा नर्सिङ शिक्षा सुरु भएको ७० वर्ष पूरा भएको छ। विसं २०१३ मा ‘सुरेन्द्र भवन नर्सिङ स्कुल’बाट सुरु भएको नर्सिङ शिक्षा हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगन्ज नर्सिङ क्याम्पससम्म विस्तार भएको छ।

क्याम्पस प्रमुख डा. देवकाकुमारी आचार्यका अनुसार सात दशकमा संस्थाले हजारौँ दक्ष नर्स उत्पादन गरेको छ। हाल क्याम्पसमा ब्याचलर, बिएससी नर्सिङ, मिडवाइफ्री तथा स्नातकोत्तर तहका विभिन्न विशेषज्ञता कार्यक्रम सञ्चालन भइरहेका छन्।

७०औँ वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति सुशीलबहादुर वज्राचार्यले नर्सिङ शिक्षाको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उत्कृष्ट नर्सहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्