मोदी–लामिछाने भेट : नेपाल–भारत सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता



नयाँ दिल्ली, जेठ २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, साझा हित तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ।

भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गरेका छन्। उनले नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउने भारतको प्रतिबद्धता दोहोर्‍याउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गरेका छन्।

प्रधानमन्त्री मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै दुई देशबीचको विशेष, ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भारत तत्पर रहेको बताएका छन्।

उनले व्यापार, पूर्वाधार, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा समेत सहकार्य बढ्ने विश्वास व्यक्त गरेका छन। रास्वपा सभापति लामिछाने सोमबार भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्