साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा नेपाललाई हराउँदै बङ्गलादेश फाइनलमा



काठमाडौं,जेठ २० । नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग पराजित भएको छ ।

गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो । पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप गोल खाएको हो ।

 नेपालका लागि खेलको २२औँ मिनेटमा गीता रानाले गोल  गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । बङ्गलादेशका लागि ऋतु पोर्ण चक्मा र मिलाम सुगारोरिकाले गोल गरेपछि नेपाल २–१ ले पराजित भएको हो । यो जितसँगै बङ्गलादेश फाइनल पुगेको छ। 

यसअघि नेपालले समूह ‘ए’को पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्