प्रतिपक्षीका सबै प्रश्नको जवाफ दिएर साध्य हुँदैन : रवि लामिछाने



काठमाडौँ, जेठ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षले उठाएका सबै प्रश्नको जवाफ दिँदै बस्न सम्भव नहुने बताएका छन्।

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षीका टिप्पणी र प्रश्नमै अल्झिएर बस्ने समय नभएको बताए।

सभापति लामिछानेले प्रतिपक्षबाट उठाइएका विषयहरू आफूले सुनिरहेको उल्लेख गर्दै सम्भव भएका र व्यवहारिक रूपमा समाधान गर्न सकिने विषयलाई क्रमशः सम्बोधन गर्दै जाने बताए।

उनले देशको विकास, समृद्धि र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा केन्द्रित भएर काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्