श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा पक्राउ



काठमाडौं,जेठ २३ । सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा गएराति घरायसी विवादका क्रममा थापाले श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि थापालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्