जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते



अछाम,जेठ २४ । अछामको कमलबजार नगरपालिका–७ क्वालेखस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप दुर्घटनामा परी कमलबजार नगरपालिका–७ निवासी ३४ वर्षीय कर्ण भाटको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मिनबहादुर भाट र बद्री भाटलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। दुर्घटनाग्रस्त जिप तथा चालक पुष्प बुढा प्रहरी नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्