रास्वपा काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित



काठमाडौँ, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला समितिको सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार शाक्यले २५१ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत प्राप्त गर्नुभएको थियो।

त्यसैगरी, जिल्ला कार्यसमितिको उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन तथा सहसचिवमा सौरभ बस्नेत निर्वाचित हुनुभएको छ।

सदस्य पदमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै काठमाडौँ जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्