सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन तोलामा एक हजार रुपैयाँ सस्तो
काठमाडौँ,जेठ २४ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु तीन लाख आठ हजार कायम भएको छ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला रु ३३५ ले घटेको छ। यससँगै चाँदी प्रतितोला रु चार हजार ८९५ मा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला रु तीन लाख नौ हजार र चाँदी प्रतितोला रु पाँच हजार २३० मा कारोबार भएको थियो। त्यसको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा आज एक औँस सुन चार हजार ५०० अमेरिकी डलर तथा एक औँस चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।

