रास्वपा अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित
अर्घाखाँची, जेठ २५— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा सीता पराजुली निर्वाचित हुनुभएको छ।
पराजुलीले निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पराजित गर्दै सभापतिमा विजय हासिल गर्नुभएको हो। निर्वाचन परिणामअनुसार पराजुलीले ९१ मत प्राप्त गर्नुभयो भने दिनेश सुनारले ७९ मत पाउनुभयो। अर्का उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गर्नुभएको थियो।
उपसभापतिमा सहयोगी विसी ११६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत प्राप्त गर्नुभएको थियो।त्यस्तै, सचिव पदमा चिरन सुनार १५० मतसहित विजयी हुनुभएको छ भने सहसचिवमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो।
निर्वाचनमार्फत चयन भएको नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार तथा जिल्लामा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

