प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित
काठमाडौं,जेठ २५ । प्रतिनिधि सभाको आज १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि सारिएको छ ।
प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि सभामुख डिपी अर्यालले आजको बैठक स्थगित गर्नुभएको थियो ।
बैठक पुन: सुचारु गर्ने सम्बन्धमा दलहरुबीच सहमति हुन नसकेपछि सचिवालयले सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमाको विषयमा प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै विपक्षी दलहरुले विरोध गर्दै आएका छन ।
आजको बैठकमा प्रतिपक्षी दलका केही सांसदहरुले करको दर हेरफेर भएको भन्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेमाथि पनि छानवीन हुनुपर्ने माग गरेका थिए ।

