रास्वपाको प्रदेश अधिवेशन आजदेखि, महाधिवेशनको तयारी तीव्र



काठमाडौँ, जेठ २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप आजदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु गरेको छ। पार्टीले हालसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।

रास्वपाका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको, एक जिल्लामा अधिवेशन स्थगित भएको र पाँच जिल्लामा अधिवेशन हुन बाँकी छ। लुम्बिनी प्रदेश सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेश बनेको छ।

पार्टीले वडा, पालिका र जिल्ला तहका अधिवेशनमार्फत संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्