मन्त्रिपरिषद् विस्तार आज, सुदन गुरुङ र महावीर पुन शीतलनिवासमा
काठमाडौं,जेठ २६ । सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेसँगै सांसद सुदन गुरुङ र महावीर पुन शपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन्।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा सुदन गुरुङ गृह मन्त्री तथा प्रतिनिधिसभा सदस्य महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त हुने भएका छन्।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज शीतलनिवासमा हुने कार्यक्रम रहेको छ। मन्त्रिपरिषद् विस्तारसँगै सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

