गृहमन्त्री गुरुङ र मन्त्री पुनले लिए शपथ



काठमाडौं,जेठ २६ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट निर्वाचित भएका सांसद हुन्।

गुरुङ यसअघि गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए।सम्पत्तिसम्बन्धी विषयमा आलोचना भएपछि उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। अहिले मन्त्रिपरिषद् विस्तारसँगै उनी पुनः गृहमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्