नुवाकोट सुर्यगढीको जनशक्ति आधारभूत विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन
नुवाकोट, जेठ २७ – सूर्यगढी गाउँपालिका–१ लच्याङस्थित श्री जनशक्ति आधारभूत विद्यालय, अङ्गेरीपाटीमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक सङ्घको पुनर्गठन सम्पन्न भएको छ।
पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा सम्पन्न भेलामा वडा अध्यक्ष राजकुमार तामाङ (रञ्जित), सचिव रोजा महर्जन, दिनेश श्रेष्ठ, स्थानीय समाजसेवी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा काजीमान तामाङलाई चयन गर्दै सात सदस्यीय नयाँ समिति गठन गरेको छ।त्यसैगरी शिक्षक–अभिभावक सङ्घको संयोजकमा मिनबहादुर व्लोन चयन हुनुभएको छ। सङ्घमा संयोजकसहित नौ पदाधिकारी निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यालय र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
वडा समितिले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको कार्यकाल सफल र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेको छ।

