२५ अत्यावश्यक सेवा क्षेत्रमा हडताल र बन्द निषेध



काठमाडौं, जेठ २८ — सरकारले इन्टरनेटसहित २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हडताल वा बन्द गर्न निषेध गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत अधिकार प्रयोग गर्दै सरकारले जेठ २५ गते राजपत्रमा सूचना प्रकाशित गरी यस्तो व्यवस्था लागू गरेको हो।

सरकारका अनुसार नागरिकको दैनिक जीवन, सार्वजनिक सेवा प्रवाह तथा राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पर्ने भएकाले ती क्षेत्रमा सेवा अवरुद्ध गर्न पाइने छैन। निषेधित सेवामा डाँक, टेलिफोन, यातायात, हवाई सेवा, सञ्चार, आन्तरिक सुरक्षा, खानेपानी, स्वास्थ्य, औषधि, पेट्रोलियम पदार्थ, बैंकिङ, बिमा, विद्युत् तथा इन्टरनेट सेवा लगायतका क्षेत्र समावेश छन्।

यस्तै दैनिक उपभोग्य वस्तुको आपूर्ति, फोहोरमैला व्यवस्थापन, मौसम तथा बाढी पूर्वसूचना, भेटेरिनरी सेवा, कन्सुलर सेवा, राहदानी सेवा र पर्यटन आवाससम्बन्धी सेवामा समेत हडताल वा बन्द गर्न नपाइने व्यवस्था गरिएको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्