काठमाडौं न्युरोडबाट ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ



काठमाडौं,जेठ २८ । काठमाडौंको न्युरोड क्षेत्रबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेका छन्। प्रहरीका अनुसार दवाडीको साथबाट ४० लाख रुपैयाँ नगद बरामद गरिएको हो।

बरामद रकमको स्रोत खुल्न नसकेको र उक्त नगद हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्