भूमिहीन र अव्यवस्थित बसोबासीलाई बिमा सुविधा दिने तयारी



काठमाडौं,जेठ २९। सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई दुर्घटना, स्वास्थ्य र जीवन बिमा सेवा उपलब्ध गराउने तयारी तीव्र पारेको छ।

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई लक्षित गर्दै सामूहिक तथा व्यक्तिगत दुर्घटना बिमासहित बालबालिकाका लागि शैक्षिक योजनासमेत समेट्ने गरी कार्यविधि निर्माणको तयारी भइरहेको छ।

कार्यक्रमको सम्पूर्ण प्रिमियम खर्च सरकारले नै व्यहोर्ने जनाएको छ।हाल उपत्यकाका छ वटा होल्डिङ सेन्टरमा १ हजार ४८८ जना आश्रित रहेका छन्। तीमध्ये ९५ प्रतिशतभन्दा बढीको डिजिटल लगत सङ्कलन भइसकेको र बाँकीको विवरण पनि समेटेर बिमा कार्यक्रममा आबद्ध गराइने तयारी गरिएको छ।

सरकारले प्रारम्भिक चरणमा उपत्यकाबाट कार्यक्रम सुरु गरी कम्तीमा १० वर्षसम्म निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्