ताेलामा ५ हजार ३०० रूपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?



काठमाडाैं,जेठ २९। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ। हिजाे ताेलामा ५ हजार १०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन सुनकाे भाउ ताेलामा ५ हजार ३०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीकाे भाउ पनि ताेलामा १९० रूपैयाँले बढेको छ। यससँगै आज चाँदी ४८ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्