बीपी राजमार्गमा बस दुर्घटना : सात जनाको मृत्यु, १५ घाइते



काभ्रे,जेठ २९ । काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्