पञ्चकन्या गाउँपालिकामा गाउँपालिका स्तरीय बाल सञ्जाल पुनर्गठन



नुवाकोट,जेठ २९ । पञ्चकन्या गाउँपालिकामा गाउँपालिका स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ को अध्यक्षता रहेको थियो। कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष रामशरण श्रेष्ठ, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत गाउँपालिका स्तरीय बाल सञ्जालको पुनर्गठन गर्दै सुमन सुनार को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।नवगठित कार्यसमितिलाई बालअधिकार संरक्षण, बालमैत्री गतिविधि प्रवर्द्धन तथा बालबालिकाको सहभागिता अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले नवगठित बाल सञ्जाललाई बधाई दिँदै कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्