बीपी राजमार्गमा बस दुर्घटना अपडेट : आठ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते



काभ्रेपलाञ्चोक, जेठ २९ — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो करिब २ः१५ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

मृतकहरूको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्